भुँइचालो गयो सरकारलाई गाली
बाढी गयो सरकारलाई गाली
पहिरो गयो सरकारलाई गाली
खडेरी पर्यो सरकारलाई गाली
कोरोना आयो सरकारलाई गाली,
टेष्ट किट किन्यो गाली,
टेष्ट किट किनेन गाली,
लकडाउन गर्यो गाली,
लकडाउन खोल्यो गाली ।
उता सीमा मिचियो,
यता सरकारलाई गाली;
आफ्नै सरकारलाई गाली !
बाटोमा चिप्लेर लड्यो,
सरकारलाई गाली ।
देश भित्रबाट गाली,
देश बाहिरबाट गाली
गाली गाली गाली
गाली गाली गाली ।
के हामीले ताली पिट्न बिर्सेकै हो?
कति नकारात्मक मात्र हुने ?
कति मनोरोगी कुरा मात्र गर्ने ?
कति 'भएन-भएन' को रट लगाउने ?
त्यसैले,
आउनुहोस एकछिन ताली पनि पिटौँ ।
दिन र रात नभनी काममा खट्ने,
स्वास्थ्यकर्मीहरु को नाममा;
असीना पानी नभनी आठै प्रहर जाग्ने,
प्रहरीको नाममा;
राष्ट्रसेवा मा अहोरात्र खटिएका,
राष्ट्रसेवकहरुको नाममा;
देश निर्माणमा लागेका,
हजारौँ निर्माणकर्मीको नाममा;
खेतमा काम गरिरहेका,
लाखौँ अन्नदाता किसानको नाममा;
आउनुहोस ताली पिटौँ ।
आफ्नो बर्कतले भ्याए सम्म,
सरकारले पनि काम गरिरहेकै छ।
आउनुहोस् सरकारको नाममा ताली पिटौँ ।
साँचो हो, गिलास आधा खाली छ,
साँचो हो, गिलास आधा भरी पनि छ ।
कति खाली भाग हेर्ने ?
भरिलो गिलास तर्फ नजर लाउँ, हुन्न?
कति मरुस्थलका मात्र कुरा गर्ने?
हरियालीका कुरा पनि गरौँ हुन्न?
कति मृत्युका कुरा मात्र गर्ने?
जिवन र जगतका कुरा पनि गरौँ हुन्न?
कति हलाहल र ताण्डवका कुरा गर्ने?
अमृतका कुरा पनि गरौँ हुन्न।
गाली हलाहल हो;
नीलकंठको जन्म भएको छैन,
मानवले पचाउन सक्दैन ।
त्यसैले, आउनुहोस्
लकडाउनमा बसेरै भए पनि
ताली पिटौँ ।
बाढी गयो सरकारलाई गाली
पहिरो गयो सरकारलाई गाली
खडेरी पर्यो सरकारलाई गाली
कोरोना आयो सरकारलाई गाली,
टेष्ट किट किन्यो गाली,
टेष्ट किट किनेन गाली,
लकडाउन गर्यो गाली,
लकडाउन खोल्यो गाली ।
उता सीमा मिचियो,
यता सरकारलाई गाली;
आफ्नै सरकारलाई गाली !
बाटोमा चिप्लेर लड्यो,
सरकारलाई गाली ।
देश भित्रबाट गाली,
देश बाहिरबाट गाली
गाली गाली गाली
गाली गाली गाली ।
के हामीले ताली पिट्न बिर्सेकै हो?
कति नकारात्मक मात्र हुने ?
कति मनोरोगी कुरा मात्र गर्ने ?
कति 'भएन-भएन' को रट लगाउने ?
त्यसैले,
आउनुहोस एकछिन ताली पनि पिटौँ ।
दिन र रात नभनी काममा खट्ने,
स्वास्थ्यकर्मीहरु को नाममा;
असीना पानी नभनी आठै प्रहर जाग्ने,
प्रहरीको नाममा;
राष्ट्रसेवा मा अहोरात्र खटिएका,
राष्ट्रसेवकहरुको नाममा;
देश निर्माणमा लागेका,
हजारौँ निर्माणकर्मीको नाममा;
खेतमा काम गरिरहेका,
लाखौँ अन्नदाता किसानको नाममा;
आउनुहोस ताली पिटौँ ।
आफ्नो बर्कतले भ्याए सम्म,
सरकारले पनि काम गरिरहेकै छ।
आउनुहोस् सरकारको नाममा ताली पिटौँ ।
साँचो हो, गिलास आधा खाली छ,
साँचो हो, गिलास आधा भरी पनि छ ।
कति खाली भाग हेर्ने ?
भरिलो गिलास तर्फ नजर लाउँ, हुन्न?
कति मरुस्थलका मात्र कुरा गर्ने?
हरियालीका कुरा पनि गरौँ हुन्न?
कति मृत्युका कुरा मात्र गर्ने?
जिवन र जगतका कुरा पनि गरौँ हुन्न?
कति हलाहल र ताण्डवका कुरा गर्ने?
अमृतका कुरा पनि गरौँ हुन्न।
गाली हलाहल हो;
नीलकंठको जन्म भएको छैन,
मानवले पचाउन सक्दैन ।
त्यसैले, आउनुहोस्
लकडाउनमा बसेरै भए पनि
ताली पिटौँ ।