कुखुराको मासुको त के कुरा हाम्रो घरमा कुखुराको फुल समेत बर्जित थियो । टुप्पी पाल्नै पर्ने बाध्यता थियो । पुजा गर्नै पर्थ्यो । ब्रतबन्ध भएपछि त नियम अझै कडा थियो । लुगा फेरेर मात्र खान खान बस्नु पर्थ्यो । बजारको सैलुनमा गएर कपाल काट्न पाइदैनथ्यो । कारण के भने हजामले टुप्पी सुँइकाइदिन्छ भन्ने डर । त्यसैले हजाम घरमै आउँथ्यो । बा छेउमा बसेर टुप्पीको रखवाला गर्नुहुन्थ्यो । दश कक्षा पढ्दा समेत टाउकोमा लामो टुप्पी थियो । साथीभाइहरु त्यसलाइ एन्टिना भनेर जिस्काउँथे ।
स्कूलमा लामो छुट्टी भएपछि भारतबाट पहाड घर घुम्न आउने गर्थेँ । धेरैजसो बा सँग आउँथेँ । तर यसपटक भने गाउँकै दुइजना अन्कल साथी हुनुहुन्थ्यो । दुवैजना कुखुराको मासु खानुहुन्थ्यो । वहाँहरुसँग असामको गुवाहाटी स्टेसनमा खाना खान गइयो । वेटरले आएर सोध्यो, 'क्या लेँगे साब ?'
'चावल और चिकन करी तीन जगह' अँकलहरुले नै अर्डर गर्नु भयो ।
मलाइ निकै सकस पर्यो । कुखुराको फुल धरी नखाएको मान्छेले कुखुराको मासु कसरी खाने ? बा ले थाहा पाउनु भयो भने के भन्नु होला ? त्यसैले मैले अनकनाउँदै भने, 'अँकल म कुखुरा खान्न ।'
अँकलले भन्नु भयो, 'खा! खा!! तेरो बा लार्इ नभनौँला । भयो ?'
तर मनमनै भने रोमान्चित भइरहेको थिएँ, 'साँचै! कुखुराको मासु को स्वाद कस्तो हुन्छ होला है !'
एकछिन पछि वेटरले कुखुराको मासु र भात लिएर आयो । चिकेन करी को रँग र त्यसमा राखेको मसलाको गँधले मुखमा पानी रसायो ।
लामो टुप्पी हल्लाउँदै पहिलो पटक कुखुराको मासु खाइयो । निकै स्वादिलो लाग्यो । बीचबीचमा अँकलहरुले जिस्काउनु हुन्थ्यो, 'अब चाहीँ यस बाहुनको जात पुरै गयो ।'
फेरी हाँस्दै भन्नु हुन्थ्यो, 'नडरा! नडरा!! तैले कुखुराको मासु खाएको कुरा तेरो बा लाइ भन्दैनौँ ।'
जे होस, पहिलो पटक खाएको 'चावल और चिकन करी' निकै मन परेको थियो ।
आजसम्म पनि चिकेन करी र भात निकै स्वादका साथ खाइन्छ ।
जात चाहीँ कतै गएको छैन ।

No comments:
Post a Comment