एकजना राजकुमार थियो । नाम थियो स्वर्ण । खानाको निकै शौकिन । उसको एउटा चाहना थियोः लगातार भोक लागिरहोस र दिनभरिनै थरिथरिका ब्यन्जनहरुको स्वाद लिएर खान पाइयोस । तर प्रकृतिले उसको यो इच्छा पुरा हुन दिने कुरै भएन । खाना खाएर अघाउन पर्ने भएकोमा उ दुखि थियो ।
उसको यो इच्छापुर्ति गर्न दरवारमा उसले एउटा बैद्य राखेको थियो । एकथरि खानाको स्वाद लिएर पेटभरि खाए पछि बैद्यले उसलार्इ एउटा औषधि दिन्थ्यो र स्वर्णले सम्पूर्ण खाना वान्ता गर्थ्यो । उसलार्इ पुनः भोक लाग्थ्यो । नयाँ परिकार तयारि अवस्थामा रहन्थे । स्वर्णले स्वादका साथ नयाँ व्यन्जन पेटभरि खान्थ्यो । बैद्यले औषधि दिन्थ्यो, उ वाक्थ्यो । दिनभरि यो क्रम निरन्तर चलिरहन्थ्यो ।
एकदिन गौतमबुद्ध घुम्दै घुम्दै स्वर्णको राजकुमारको राज्यमा पुगेछन् । एकजना निकै विद्वान भिक्षु आएर आफ्नो राज्यमा बसेको कुरा स्वर्णले थाहा पाएछ । निकै राम्रो प्रवचन दिन्छ भन्ने कुरा पनि थाहा पाएछ । भिक्षु पहिले राजकुमार रहेको र दरवारको सुख सुविधा त्यागेर भिक्षु भएर हिडेको कुरा पनि थाहा पाएछ । एकपटक गौतम बुद्धको प्रवचन सुन्न मन लागेछ । स्वर्णले आफ्नो नियमित खानपिन छोडेर भोलिपल्ट बुद्धको प्रवचन सुन्न पुगेछ । बुद्धको प्रवचनबाट उ यति प्रभावित भएछ कि भोलीपल्टैबाट गेरुवा बस्त्र धारण गरि बुद्धको शरणमा पुगेछ ।
यो परिवर्तन सम्पूर्ण रुपमा अप्राकृतिक थियो । हिजोसम्म खानामा मात्र लिप्त स्वर्णको यति छिटो भएको परिवर्तन देखेर बुद्धले आफ्ना भिक्षुहरुसँग भनेछन्, 'यति शिघ्र परिवर्तन सम्भव हुँदै हुँदैन । भोली दुइवटा कुरा हुन सक्छन् । या त स्वर्ण यहाँ आउँदै आउँदैन या त उ बहुलाउँछ ।'
भोलीपल्ट साँचै बुद्धले भनेजस्तै भएछ । स्वर्ण बहुलाएको खबर आएछ ।

उपसँहार
हिजोसम्म फेसबुकमा दिनको पचास गाली, पचास घृणा, पचास कुविचार, र पचास हिँसा पस्कने महानुभावहरुले एक्कासी आज बुद्धपूर्णीमाको दिन पारेर निकै राम्रा राम्रा शुभकामनाहरु लेखिरहेको पाएको छु । के एक दिनमा यस्तो परिवर्तन सम्भव छ ? स्वर्ण राजकुमार जस्तै कतै यि महानुभावहरु पनि भोली बहुलाएको देख्न नपरोस ।

हामी इन्जिनियरहरुले वाटो बनाउँदा कुनै पनि मोडमा ट्रान्जिसन कर्भको डिजाइन गर्छौ । सवारीसाधनको भेलोसिटीलाइ विस्तारै विस्तारै परिवर्तन गरिन्छ लड्न बाट बचाइन्छ । यसैगरि कुनैपनि परिवर्तन विस्तारै विस्तारै हुनु पर्छ ।
बुद्धम शरणम गच्छामी ।
(बुद्ध पुर्णिमाका अवसरमा )
No comments:
Post a Comment