एकः खलासीको तलब
सार्वजनिक
यातायातमा यात्रा गर्दा एउटा छुट्टै आनन्द आउने गर्छ । विभिन्न प्रकारका
मानिसहरुसँग भेट हुन्छ विभिन्न कुराहरु सुन्न पाइन्छ । आफू चढ्ने सरकारी गाडी 'हाइज्याक' भएसी आज विहान घरबाट
अफिससम्म सार्वजनिक बसमा यात्रा गर्दै थिएँ । यात्रीहरुसँग बेलैमा भाडा नउठाएको
भनेर ड्राइभरले खलासीलाई यसरी हपार्दै थियो ।
'हेरन यसको ताल ! भाते ! पहिलै भाडा उठाउन सकिनस् ?'
'मूलालाई दिनको सातसय नपचेको ।'
'अझ दिनदिनै मासुभात सित्तैमा खान्छ, पाँचहजार तलब बेग्लै ।'
'हिजो छत्तीस सय कमाएको, एकचालीस सय खर्च भयो । यस्तै भातेलाई राखेर त हो नी । डुबाउने भयो यो भाते मूलाले ।'

मैले
मनमनै हिसाब गरेँ । दिनको सातसयका दरले महिनाको एक्काइस हजार भत्ता । तलब पाँचहजार
। मासुभातको महिनाको कम्तिमा चार हजारका दरले हिसाब गर्दा त खलासी को तलब महिनाको
तीस हजार पो पुग्दो रहेछ । यात्रुलाई ठगेको र ड्राइभरबाट लुकाएको दुइचार सय पनि
गन्ने हो भने त महिनाको पैतीस हजार कतै नजा ।
त्यो पचास डिग्रीको उखरमाउलोमा जानुभन्दा त काठमाण्डौको बस खलासीको जागिर नै राम्रो छैन त ?

दुईः चित्रबहादुर सिट
कार्यालय समयपछि घर फर्किँदा रिँगरोडको माइक्रो बसमा यात्रा
गर्ने अवसर मिल्यो । चित्र बहादुर केसी सीट खाली रहेछ । त्यहीँ बसेँ । खलासीले ढोका
नलगाउँदै ड्राइभरले गाडी हुँइक्यायो ।
मैले भनेँ ,'ए बाबु! त्यो ढोका लगाइहाल नत्र चित्रबहादुर केसी भइएला ।'
उसले कुरो बुझेन ।
मैले कुरो स्पष्ट पार्दै भने, 'तिमीलाइ थाहा छैन ? अस्ति मात्रै हाम्रा भूपू उपप्रधान मन्त्री माइक्रोबाट लडेर घाइते भएका छन् नी !'
उसले भन्यो, 'अँकल पनि जोक गर्नु हुन्छ, कही प्रधानमन्त्री पनि माइक्रो चढ्छन् ।' विचरालाई त हाम्रा भूपूउपप्रम लडेर घाइते भएको कुरा थाहै रहेनछ ।
जब अरु सहयात्रीहरुले मेरो कुरामा सहमती जनाए उस्ले कुरो पत्याए जस्तो गर्यो ।
मलाइ लागेको थियो हाम्रा भूपू उप्रम माइक्रोबाट लडेपछि उपत्यकाका सबै सार्वजनिक सवारी साधनहरुमा यात्रु सुरक्षाका विशेष उपाय अपनाइएको होला, ट्राफिकले थप कडाइका उपायहरु अवलम्बन गरेको होला तर त्यस्तो केही पनि भएको पाइएन । हरेक स्टपमा ढोका खोलेर यात्री नबस्दै ड्राइभरलाई गाडी हुँइक्याउन हतारो थियो । अगाडिको स्टपमा मेरो पछिल्तिरको सिट खाली भयो । मैले चिबकेसी सिट छोडेर त्यही सरेँ ।
मनमनै भनेँ, 'कठै हाम्रो सँवेदनशिलता ।'
के हामी सँबेदनाहीन हुँदै गइरहेको हो ?
आजको यक्ष प्रश्न ।

No comments:
Post a Comment