हनहनी ज्वरो आयो । पकेटमा सुको थिएन । छिमेकिलाई भनेर ४४४ मा डायल गर्न लगाएँ । एकैछिनमा 'टाँ-टूँ' गर्दै एम्बुलेन्स आइपुग्यो ।सेतो कपडा लाएका दुइजनाले एउटा स्ट्रेचर लिएर मेरो कोठामै आए । मलाई स्ट्रेचरमा सुताएर जतनसाथ एम्बुलेन्समा राखे । 'टाँ-टूँ' गर्दै एम्बुलेन्सले मलाई अस्पतालमा लिएर गयो । अस्पताल निकै ठूलो थियो । बाहिर निकै सफा थियो । फुलबारी रँगीबिरँगी फूलले ढकमक्क थियो । सेता गाउनमा सजिएका डाक्टरहरुले अस्पतालको गेटैमा आएर मलाई भित्र लगे । भित्र पनि निकै सफा थियो । डाक्टरहरुले मलाई सफा सेतो तन्ना भएको बेडमा सुताएर आफ्नै आमा, बा, छोराछोरीहरुहरुलाई झैँ उपचार गरे । एउटी नर्स नानीले ज्वरो नापिन, अर्कीले औषधी र सुइ लिएर आइन । 'तपाँइलाई कस्तो छ बा?' भन्दै मुस्कुराउँदै पाखुरामा सुइ लाइदिइन् ।
यति महँगो अस्पतालले मेरो घरघडेरी नै स्वाहा त गर्ने हैनन् भन्ने चिन्ताले सतायो । डाक्टरको एउटा समुह त्यहीँ उभिएर मेरो स्वास्थ्य स्थितीको जानकारी लिइरहेको थियो । एकजना डाक्टरसँग सोधिहालेँ, 'डाक'साब, अस्पताल त निकै महँगो होला जस्तो छ नी!'
मेरो कुराको आशय बुझेर होला, डाक्टरले मायालु पाराले मेरो गाला मुसार्दै भने, 'संविधानको धारा ३५ पूर्णरुपमा लागु भइसकेको छ । अब जनताले आधारभूत स्वास्थ्यसेवाको लागि सुको पैसो पनि तिर्न पर्दैन । यो सेवा प्राप्त गर्ने तपाँइ पहिलो बिरामी भएकोले तपाँइलाई बधाइ छ बा।" यति भन्दै डाक्टरहरुले मलाई गुलाबको फूलको एउटा ठूलो बुकी उपहार दिए । मलाई जिउँदै स्वर्ग पुगेको अनुभुती भयो ।

मेरो बेडको ठीक अगाडि पट्टी 'हिपोक्रेटिक ओथ' लेखेको तुल झुण्डिएको थियो । त्यसको तलपट्टी नेपालीमा थप दुइवटा कसमहरु लेखिएका थिए।
"गाइखानी, अबदेखि अस्पताल बन्द गरेछौँ भने";
"जनताको रगत खाने, अबदेखि प्राइभेट क्लिनिक धाएछौँ भने"

मैले मनमनै भनेँ, ओहो! हामी भाग्यमानी जनता ।
अर्को एकजना भन्दैथियो, "मोज गर जनता! मोज गर!!"
यतिकैमा बाहिर चोकमा बालुवा लिएर आएको ट्रिपरले हर्न बजायो । म निद्राबाट झल्याँस्स बिउँझिएँ ।

No comments:
Post a Comment