सुख, सन्तोष, शान्ति, आनन्द, र परमानन्द प्राप्ती का बारे शिवपुरी बाबाले तीनवटा अनुशासनको पालना गर्नुपर्ने बताएका छन्:
१. भौतिक अनुशासनः यसको पालनाबाट सुख मिल्छ । स्वधर्ममा रहनु भौतिक अनुशासन हो । अर्थात सबैले स्वधर्म अर्थात आआफ्नो कर्म गरे सुख पाइन्छ । नगरे दुःख पाइन्छ । उदाहरण: डाक्टरले डाक्टर भएर काम गर्ने, इन्जिनियरले इन्जिनियर भएर काम गर्ने, मास्टरले मास्टर, राजनेताले राजनेता आदि । यसैलाई स्वधर्म भनिन्छ ।
२. नैतिक अनुशासनः यसको पालना बाट सन्तोष मिल्छ । नैतिकता नभएको मान्छेले सन्तोष पाउन सक्दैन । उदाहरणः चोर, डाँका, ठग, भ्रष्ट हरुलाई सधैँको त्रास रहन्छ । ठगिको कमाइबाट सुख पाउन सक्ला तर सन्तोष पाउन सक्दैन ।
३. आध्यात्मिक अनुशासनः यसको पालनाबाट शान्ति प्राप्त हुन्छ । शान्ति प्राप्ती भएपछि उसलाई अभयदान प्राप्त हुन्छ । उसलाई कसैको डर हुँदैन ।
बाबाले एउटा कुरा प्रष्ट भन्नु भएको छ, एउटा अनुशासनको पालनाबाट अर्को कुराको प्राप्ती हुँदैन । अर्थात सुख प्राप्त हुँदैमा सन्तोष र शान्ति प्राप्त हुँदैन । यसैगरी सन्तोष प्राप्त हुँदैमा सुख र शान्ति प्राप्त हुँदैन । सुख, सन्तोष र शान्ति प्राप्तीको लागि तत् तत् अनुशासनहरुको पालना गर्नु पर्छ ।
बाबाले अगाडि भन्नु हुन्छ:
सुख र सन्तोषको योग आनन्द हो ।
सुख, सन्तोष र शान्तिको योग परमानन्द हो ।
गणितिय भाषामा:
सुख+सन्तोष=आनन्द
सुख+सन्तोष+शान्ति= परमानन्द
आउनुहोस् परमानन्द प्राप्त गरौँ!!
बाबाले अगाडि भन्नु हुन्छ:
सुख र सन्तोषको योग आनन्द हो ।
सुख, सन्तोष र शान्तिको योग परमानन्द हो ।
गणितिय भाषामा:
सुख+सन्तोष=आनन्द
सुख+सन्तोष+शान्ति= परमानन्द
आउनुहोस् परमानन्द प्राप्त गरौँ!!
No comments:
Post a Comment