(कन्सल्टेण्ट सम्बन्धमा सुनेका रमाइला कथा)
कन्सल्टेण्ट-१
पशु सम्बन्धी एकजना डच कन्सल्टेण्ट पञ्जाबको भ्रमणमा आएछ । करीब दुइ सय गाईको बथानमा एउटा मात्र साँढे देखेर अचम्म मानेछ । उता आफ्नो देशमा पाँचवटा गाइको माझ एउटा साँढे, यता दुइ सय गाइको माझ एउटा साँढे । उसले एउटा पँजाबी साँढे लिएर स्वदेश फर्कने र बढी भएका साँढेहरु बेचेर फाइदा कमाउने निधो गरेछ र एउटा पँजावी साँढे लिएर स्वदेश फर्किएछ ।
स्वदेश फर्केको भोलीपल्ट दुइ सय गाइको माझ एउटा पँजाबी साँढे राखेर वाँकी डच साँढे बेचिदिएछ । डच कन्सल्टेण्ट मख्ख थियो ।
तर अचम्म भएछ । पँजाबमा छँदा त्यति एक्टिभ साँढे हलेण्ड पुगेपछि पुरै निष्क्रिय भएछ । चिन्तित हुँदै डचले पँजाबी साहुलाई खबर गरेछ । भोलीपल्टै हवाइजहाजको टिकट काटेर पँजाबी साहु हलेण्ड पुगेछ ।
पंजाबी साहुले साँढेको कानमा गएर के खुसुरफुसुर गरेथ्यो, साँढे जुरुक्क उठेर पुरै एक्टिभ भएछ ।
डचले अचम्म मान्दै पँजाबी साहु सँग सोधेछ, 'हैन साथी, साँढेको कानमा त्यस्तो के कुरा गर्यौ र एक्कासी यसरी एक्टिभ भयो?'
पँजाबी साहुको उत्तर थियो 'तिमी यहाँ कन्सल्टेण्टको रोलमा हैन, कन्ट्रयाक्टरको रोलमा आएको हो, यत्ती मात्र भनेको थिएँ, एक्टिभ भइहाल्यो !'

कन्सल्टेण्ट-२
'नेपालमा दुग्ध उत्पादन बढाउन के गर्नु पर्छ?' भन्ने बिषयमा परामर्श दिन एकजना बिदेशि परामर्शदातालाई ल्याइएछ । नेपालका केही गाउँ डुलेर परामर्शदाताले एउटा रिपोर्ट तयार गरेछ ।
नेपाली गोरुहरुबाट गर्भाधान भएका गाइहरुले कम दुध दिने भएकोले बिदेशि मुर्रा साँढे ल्याएर गर्भाधान गराउने हो भने नेपाली गाइहरुले पनि मनग्गे दुध दिन सक्ने निष्कर्ष का साथ रिपोर्ट बुझाएछ र साँढे लिन आफ्नो देश फर्किएछ ।
त्यसको केही समयपछि एउटा मुर्रा साँढेलाई हवाइजहाजमा राखेर नेपाल ल्याइएछ । साँढेलाईकाठमाण्डौँ नजिकको एउटा गाउँमा ट्रायलको लागि लगिएछ ।
गाइहरुलाई मुर्रा साँढे लगाउन किसानहरु आआफ्ना गाइहरु लिएर उपस्थित भएछन् ।
तर अचम्म! साँढेले गाईहरु प्रति कुनै चासो देखाएनछ । बिदेशि कन्सल्टेण्टको पसीना छुटेछ । एकजना बृद्धले बिदेशिको कानमा गएर भनेछन्, 'हाम्रो गाउँमा पशुको भाषा बुझ्ने एकजना जोगी छन्, शायद उनले यो अरुचीको कारण बताउन सक्छन्, तर उनलाई कन्सल्टेन्सी फि दिनुपर्छ।'
बिदेशि परामर्शदाता खुसी भएछ, तुरुन्त जोगीलाई बोलाउन पठाएछ । जोगि हाजिर भएछन् ।
अग्रीम कन्सल्टेन्सी फि बुझेपछि जोगि साँढे छेउ गएछन् र साँढेसँग कानमा खुसुरफुसुर गरेछन् । साँढेले टाउको हल्लाएर 'हब्बाँ' गरेछ ।
बिदेशिले सोधेछ, 'साँढेले के भन्यो त? किन चासो नदेखाएको रहेछ?'
जोगीले भनेछन्, 'यो साँढे यहाँ काम गर्न आएको हैन रे!'
'अनि किन आएको रे त?' निराश हुँदै कन्सल्टेण्टले सोधेछ ।
जोगीले मुसुमुसु हाँस्दै भनेछन्, 'कन्सल्टेन्सी गर्न आएको रे!!'

कन्सल्टेण्ट-३
काँडे तार ले घेरेको एउटा ठूलो चरन थियो । त्यहाँ भित्र धेरै गाइहरू चरिरहेका थिए । बार बाहिर एउटा बहर गोरु झोक्राएर बसीरहेको थियो । त्यहाँ अर्को एउटा बहर गोरू आयो र काँडे तारको बार नाघेर भित्र जाने शुर गर्यो ।
पहिलो बहर: यहाँबाट नफड्क साथी, उता पर सजिलो छ त्यहाँबाट फड्किन अलि सजिलो छ ।
दोस्रो बहर: उता सजिलो भए तिमी यहाँ के हेरेर बसेको?
पहिलो बहरः एक पटक म पनि यहाँबाट फड्किएर जाने कोसिस गरेको थिएँ काँडेतारमा अण्डकोष अड्कियो र फर्किएँ ।
उसले दुख मान्दै काँडेतारमा अड्किएको एउटा बस्तु देखायो ।
दोस्रो बहरः त्यसो भए तिमी यहाँ के गरेर बसेको त?
पहिलो बहरः कन्सल्टेन्सी । खै मेरो फी पाउँ त !!

कन्सलटेण्ट-४
दुर्गम क्षेत्रको कुरो हो । एउटा गोठालोले आफ्ना जनावरहरु चराइरहेको थियो । त्यहाँ एउटा बीएमडब्लु कार धुलो उडाउँदै आयो । ब्रोनी सुट, गुस्सी जुत्ता, रेब्यान चश्मा र वाइएसएल टाइ लगाएको ड्राइभरले कारको झ्यालबाट बाहिर हेरेर गोठालो सँग सोध्यो, ‘यदि मैले तिम्रा भेडाहरुको यकिन सँख्या भन्न सकेँ भने मलाई एउटा भेडो दिन्छौ ?
गोठालोले त्यस शहरिया ठिटोलाई तलदेखि माथीसम्म हेर्यो, त्यसपछि आफ्ना जनावरहरु तर्फ हेर्यो र सहमतीमा ठाउको हल्लाउँदै भन्यो, ‘हुन्छ, दिउँला नी !’
त्यस शहरिया केटोले आफ्नो कार पार्क गर्यो, झोलाबाट एउटा आइबीएम् थिंक प्याड निकाल्यो र आफ्नो सेलफोन सँग जोड्यो । त्यसपछी उसले इन्टरनेटमा नासाको पेज सर्फ गर्यो र जिपीएस नेभिगेसन सिस्टमसँग कनेक्ट भयो, त्यस क्षेत्रलाई स्क्यान गर्यो, एउटा डेटाबेस र एउटा जटील सुत्रहरु भएको एक्सेलको स्प्रेडसिट खोल्यो, आफ्नो ब्ल्याकबेरीमा इमेल गर्यो र केही समयमै उताबाट जवाब पनि पायो । अन्त्यमा उसले आफूसँग ल्याएको एउटा मिनियचर प्रिन्टरमा तीस पेज लामो रिपोर्ट प्रिन्ट गर्यो र गोठाला तर्फ हेर्दै भन्यो, ‘तिमीसँग १,५८६ वटा भेडाहरु छन् ।‘
गोठालोले भन्यो, ‘एकदम ठीक! ल, लैजाउ एउटा भेडो ।‘
त्यस शहरिया ठिटोले छानेर एउटा जनावर लियो र आफ्नो गाडिमा लगेर राख्यो ।
गोठालोले भन्यो,’ यदि मैले तिम्रो व्यवसायको बारेमा ठ्याक्कै बताउन सकेँ भने मेरो जनावर फिर्ता दिन्छौ ?’
‘ओके, ह्वाइ नट’, शहरियाले अँग्रेजीमा हुन्छ भन्यो ।
गोठालोले भन्यो, ‘स्पष्ट छ, तिमी कन्सल्ट्यान्ट हो ।‘
‘ठीक ! तर तिमीले कसरी अनुमान गर्यौ ?’ आश्चर्य मान्दै शहरिया ठिटोले सोध्यो ।
गोठालोले भन्यो, ‘अनुमान सनुमान केही गर्न पर्दैन । पहिलो कुरो, कसैले नबोलाईकन तिमी यहाँ आयौ; दोस्रो कुरो, मलाई थाहा भएको तर तिमीसँग सोध्दै नसोधेको प्रश्नको उत्तर बताउन पनि तिमीले म सँग 'फी' माग्यौ; तेस्रो र महत्वपूर्ण कुरो, तिमीलाई भेडो कस्तो हुन्छ र कुकुर कस्तो हुन्छ भन्ने पनि थाहा रहेनछ ।‘
‘खै ! फिर्ता गर मेरो कुकुर !’ गोठालोले झर्किँदै भन्यो ।

( कन्सल्टेण्ट पुराण समाप्तम्)
No comments:
Post a Comment