कोरोना गणितः
राजाको चेस खेल्ने बानी थियो । एकजना भारदार सँग बसेर चेस खेल्थे । राजालाई हराउन गाह्रो थियो । एक दिन राजाले भारदारलाई भने, यदि मलाई हराउन सकिस भने तैंले मागेको पाउँछन् ।'
राजा र भारदार चेस खेल्न बसे । भारदार ले राजालाई हरायो । राजाले भने, ' ल माग, मागेको पाउँछन् ।'
भारदार गणितज्ञ थियो । उसले भन्यो, 'महाराज मलाई धेरै केहि चाहिन्न, यस चेस बोर्डको चौसठ्ठी कोठाहरु मैंले भने जसरी मकैको गेडाले भर्दिनुहोस् ।'
राजाले भने, 'के के न माग्ला भनेको त मकैका गेडा पो माग्दो रहेछ, अरु कुरा माग, सुन चाँदि, हिरा जवाहरात जे मागे पनि पाउँछस्, माग ।'
भारदार ले भन्यो, 'माफ गर्नु होला महाराज, मलाई त्यस्तो केही चाँहिदैन, यो चेस बोर्ड को पहिलो कोठामा एक गेडा, दोस्रो कोठामा दुइ गेडा, तेस्रो कोठामा चार गेडा, चौथोमा आठ गेडा, पाँचौँ कोठामा सोह्र गेडा गर्दै बोर्डका चौसठ्ठी कोठा मकैको गेडाले भर्दिए हुन्छ महाराज ।'
राजाले हुन्छ भने । राजा लगायत दरवारका सबैजनाले भारदारलाई हाँसेर उडाए ।
त्यस पछि राजाका भण्डारेहरुले मकैको गेडाले चेसबोर्डको कोठा भर्न शुरु गरे ।
१, २, ४, ८, १६, ३२, ६४, १२८, २५६, ५१२,१०२४, २०४८, ४०९६, ८१९२, १६३८४, ३२७६८, ६५५३६, १३१०७२, २६२१४४, ५२४२८८, १०४८५७६, २०९७१५२, ४१९४३०४, ८३८८६०८, १६७७७२१६.......
बल्ल पचीसवटा कोठा भरिए ।
अब सबै कोठाको मकैको सँख्या जोड्ने हो भने नेपालको जनसँख्या भन्दा बढी हुन्छ । राजाले भारदार को फट्याँइ बुझे र उसलाई क्वारेन्टाइन मा पठाइदिए ।
हुन त मानव जिवन अमूल्य हो । अन्य देशहरुको तुलनामा नेपालमा कम क्षति भएको हो । तर पनि जुन परिवारमा पर्यो त्यसलाई त शत प्रतिशत क्षति भएको हो । पहिलो लहरमा कम क्षति भए पनि दोस्रो लहर पुनः शुरु भएको छ ।
कोरोनाको गणित बुझौँ र सतर्क रहौँ ।
No comments:
Post a Comment