काठमाण्डौको एउटा टोलको बीचमा रहेको मेरो एकतले घरले मलाइ हाम्रो समाजको बारेमा धेरै कुरा सिकाएको छ ।
१
मेरो छिमेकीकहाँ एकजना महिला काम खोज्दै आएकी रहिछन् । उनीहरुकहाँ पहिलेदेखि कामगर्ने मानिस भएकोले उनले भनिछन् "नानी! हामीकहाँ त काम गर्ने मानिस छन्, त्यो घरमा जानुहोस न (मेरो घरतर्फ देखाउँदै) त्यहाँ काम गर्ने मानिस छैनन् काम दिन्छन् कि।"
उक्त महिलाले भनिछन्, "आफै त काम खोज्न हिड्ने जस्तो घर छ के काम देलान खै ।"
यति भनेर उक्त महिला अर्को तिनतले घरमा काम खोज्न हिडिछन् ।
२
मेरो फुपुको छोरा स्व. गुरु प्रसाद दाइ मलाइ भेट्न काठमाण्डौ आउँदै हुनुहुन्थ्यो । कलकी चोकबाट फोन गर्नु भयो । मैले मेरो एकतले घरको लोकेसन बताइदिएँ । सोही अनुसार मेरो टोलमा आइपुग्नु भयो । मनमनै सोच्नु भएछ "इन्जीनियर भनेसी टोलको सबैभन्दा ठूलो घर हुनुपर्छ ।" सरासर टोलको सबैभन्दा ठूलो घरको ढोका ढकढकाउन पुग्न भएछ । उक्त घरधनीले चोकमा रहेको मेरो एक तले घर देखाइदिएछन् ।
बीसबर्ष भन्दा बढी सरकारी अड्डामा काम गरेको इन्जीनीयरको बाहीर ल्पाष्टर पनि नभएको एकतले घर हुनै नसक्ने ठहर गरेर छेवैको ल्पाष्टर र रँगरोगन गरीएको एकतले घरको ढोका ढकढकाउन पुग्नु भएछ । उनले पनि मेरो घर देखाइदिएछन् । तेस्रो पटकमा मेरो घरको ढोका ढकढकाउन पुग्नु भएछ ।
भित्र आएर भलाकुसारी पछी गुरुप्रसाद दाइको कमेन्ट यस्तो थियो ।
"भाइ इन्जीनीयर भएर काठमाण्डौमा ठूलो घर बनाएर बसेको छ होला भनेर सोचेको त यस्तो कटेरो पो बनाएर बसेको रहेछ । यति सोझो भएर कसरी केटाकेटी पाल्छस है भाइ तैले "
समाजले इन्जीनियर प्रतिको यो सोच कायमै छ ।
३
एका विहानै कसैले घरको ढोका ढकढकाए । खोलेर हेरेको तिन चार जना हट्टा कट्टा जवान हरु प्रभु इशुको बारेमा प्रवचन गर्न आएका रहेछन् । उनीहरुको चाला बुझेर मैले उनीहरुलाइ बाहीर पठाइ दिएँ । पछि बुझ्दा थाहा भयो उनीहरु गरीबहरु खोज्दै थोत्रा एकतले घरमात्र चाहार्दै हिडेका रहेछन् ।

No comments:
Post a Comment