Saturday, April 9, 2016

बर्बरिकः महाभारत प्रसँग-२

महाभारतको युद्ध आरम्भ हुँदै थियो । कौरवका सेना शक्तिशाली भएता पनि भगवान श्रीकृष्ण पाण्डवको पक्षमा भएकोले पाण्डवको जित निश्चित थियो ।
भीमको नाति तथा घटोत्कचको छोरा बर्बरिकले आफ्नी आमा मौर्वी लार्इ बचन दिएका थिए कि युद्धमा जुन पक्ष कमजोर हुन्छ उनी त्यतैबाट युद्ध गर्नेछन् ।  बर्बरिकले भगवान महादेवलार्इ प्रसन्न गरेर उनीबाट तीनवटा अजेय वाँण प्राप्त गरेका थिए ।
महाभारतको युद्ध शुरुहुनु अघी भगवान श्रीकृष्णले विभिन्न योद्धहरुसँग महाभारतको युद्ध कति दिनमा सकिन्छ होला भनेर जिज्ञासा राखे । भीष्मले बीस दिनमा युद्ध समाप्त गर्न सक्ने जनाए, द्रोणाचार्यले २६ दिन, कर्णले २७ दिन र अर्जुनले २८ दिनमा युद्ध समाप्त गर्न सक्ने जनाए । भगवान श्रीकृष्णले बर्बरिकको शक्ति थाहा पाउने उद्देश्यले एउटा ब्राह्मणको रुप धारण गरेर बर्बरिक सँग सोधे । बर्बरिकले उ एक्लैले महाभारतको युद्ध एक मिनेट मात्रैमा तीनवटा बाँणले समाप्त गर्न सक्ने बताए ।
ब्राह्मण भेषधारी श्रीकृष्णले ठट्यौली पारामा भने, ‘तीनवटा बाँणले एक मिनेटमा महाभारतको युद्ध समाप्त गर्ने कस्तो केटाकेटी कुरा गरेको होला ।‘
बर्बरिकले उनीसँग भगवान महादेवबाट प्राप्त तीनवटा अजेय बाँणहरु रहेको कुरा बताए । उनले भने पहिलो बाँणले आफुले ध्वस्त गर्न चाहेको लक्ष्य पत्ता लगाउने र तेस्रो बाँणले ती सबै लक्ष्य भेदन गर्न सक्छ । दोस्रो बाँणले चाँही आफुले रक्षा गर्न चाहेको सबै बस्तुमा चिन्ह लगाउँछ ताकि तेस्रो बाँणले उनीहरुलाइ भेदन गर्न नपाओस । यस प्रकार मेरो तेस्रो बाँणले शत्रुका सम्पुर्ण सेना समाप्त गरेर धोक्रोमा फिर्ता आउँछ ।‘
श्रीकृष्णले भने, ‘हामी जुन पीपलको रुख मुनी उभीएका छौं त्यसका सबै पातहरुमा छेदन गर्न सकेछौ भने तिम्रो कुरा पत्याउँला ।‘
बर्बरिकले श्रीकृष्णको चुनौती स्वीकार्दै पहिलो बाँण चलाए । पीपलको रुखमा रहेका सबै पातहरुको साथै भुँइमा खसेका पातहरु समेत सिन्दुरले रँगिए । श्रीकृष्णले जानीजानी एउटा पात माथी आफ्नो खुट्टा राखेका थिए । श्रीकृष्णको खुट्टामा पनि सिन्दुरको छिटा पर्योे । लक्ष्य तोकियो । बार्बरिकले तेस्रो बाँण चलाए । सम्पूर्ण पातहरुमा छिद्र पारेर उक्त बाँण श्रीकृष्णको खुट्टा वरिवरी घुम्न थाल्यो । श्रीकृष्णले खुट्टा उचाले । बाँणले त्यस अन्तिम पातको लक्ष्य भेदन गरेर धोक्रोमा फिर्ता गयो ।
श्रीकृष्णलार्इ थाहा थियो कि युद्धमा पाण्डवहरुको जित हुन्छ । तर बर्बरिकले आफ्नी आमालाइ दिएको बचन अनुसार कौरवहरुको पक्षबाट लड्नेछ र अधर्मको जित हुनेछ ।
ब्राह्मण भेषधारी श्रीकृष्णले बर्बरिकसँग दान मागे । बर्बरिकले दान दिने इच्छा गरे पछि श्रीकृष्णले उनको शिर दानमा मागे । बर्बरिकले बुझिहाले कि यस्तो दान माग्ने ब्राह्मण हुन सक्दैन । बर्बरिकले उनको वास्तविक परिचय मागे । श्रीकृष्णले आफु कृष्ण भएको वताए । साँचो कुरा थाहा पाएपछि पनि बर्बरिकले आफ्नो शिर दानमा दिन स्वीकार गर्दै भगवानको विराट रुपको दर्शन र शुरु देखि अन्त्यसम्म महाभारतको युद्ध हेर्न पाउने इच्छा प्रकट गरे । भगवानले बर्बरिकको इच्छा पुरा गर्ने बचन दिए र सुदर्शन चक्रले उनको शिर काटेर त्यसमा अमृत छरिदिएर एउटा पहाडको टुप्पोमा राखिदिए । त्यस पहाडबाट बर्बरिकको शिरले महाभातको युद्ध शुरु देखि अन्त्यसम्म हेर्‌यो ।
महाभारतको युद्धमा पाण्डवहरुको जित भयो । युद्धमा कस्को योगदान ठूलो भन्नेमा उनीहरु बीच विवाद भयो । श्रीकृष्णले भने महाभारतको सम्पूर्ण युद्ध हेर्ने बर्बरिक मात्रै हुन । कस्को योगदान ठूलो भनेर उनैलाइ सोधौं न त ।
बर्बरिकले भने, ‘पुरै युद्धभूमिमा मैले शुरु देखि अन्त्यसम्म सुदर्शन चक्रमात्र घुमेको देखे  श्रीकृष्ण नै लडीरहेका थिए श्रीकृष्णले नै सेनाको सँहार गरिरहेका थिए ।‘
उनले बीटमार्दै भने ‘ तिमीहरुले महाभारत युद्ध जित्नुमा सबैभन्दा ठूलो योगदान श्रीकृष्णकै छ ।‘
जय श्रीकृष्ण !!

No comments:

Post a Comment