Saturday, April 9, 2016

भुुस पराल खाने पंडित

दुइजना पंडित एकजना जजमानकहाँ बास बस्न पुगेछन् । भोलीपल्ट विहान उठेर एक जना पंडित नदीमा नुहाउन गएछन् । अर्का पंडित चाही पीढिमा बसेका रहेछन् । जजमानले नदीमा नुहाउन गएका पंडितलाइ देखाउँदै पीढिमा बसेका पंडित सँग सोधेछन्, 'महाराज ती नदीमा नुहाउन गएका पंडित निकै विद्वान जस्तो लाग्यो मलाइ त ।'
आफ्नो अगाडी अरुको प्रसंसा किन सह्य हुन्थ्यो उनलाइ । मुख बाँगो पार्दै भनेछन् , 'के को विद्वान हुनु गोरु हो गोरु । मेरो सँगतले यतिको भएको हो ।'
नदीबाट नुहाउन गएका पंडित फर्केर पीढिमा बसे । पीढिमा बसेका पंडित चाही नुहाउन नदी तर्फ लागे । जजमानले उही पहिले जसरी पीढिमा बसेका पंडित सँग सोधे, 'महाराज ती नदीमा नुहाउन गएका पंडित निकै विद्वान जस्तो लाग्यो मलाइ त ।'
मुख बाँगो पार्दै पीढिमा बसेका पंडितले भने के को विद्वान हुनु भैसी हो भैसी । मेरो सँगतले यतिको भएको हो ।
केही समय पछि नदीमा नुहाउन गएका पंडित पनि फर्के । खाना खाने बेला भएको थियो । जजमानले एउटा नांलोमा पराल र अर्को नांलोमा भुुुस ल्याएर दुवै जनाको अगाडी राखि दिए ।
रिसले आगो हुँदै पंडित कराए, 'यो के गरेको ?'
जजमानले भने, 'मेरो केही दोष छैन महाराज । उहाँले हजुरलाइ गोरु भन्नु भयो पराल पस्केर ल्याँए अनि उहाँले हजुरलाइ भैसी भन्नु भयो भुस पस्केर ल्याएँ ।'
शिक्षाः आफुले सम्मानको आश गर्ने हो भने अरुलाइ सम्मान दिन पनि जान्नु पर्छ । नत्र हामीमा र भुुस पराल खाने पंडितमा के फरक भयो त ।

No comments:

Post a Comment